राजमार्ग सुधार गर्न रसुवामा सांसद मोहन आचार्यले दिए निःशुल्क स्काभेटर

रसुवा – स्याफ्रु–मैलुङ खण्डको राजमार्गमा सुधारका लागि काँग्रेस नेता तथा रसुवाका सांसद मोहन आचार्यले निःशुल्क रुपमा स्काभेटर उपलब्ध गराएका छन् ।

स्याफ्रुबेसी नजिक छोकलदेखि मैलुङ सम्मको १७ किमि दुरीको भूभागमा गल्छी ,त्रिशुली,मैलुङ, स्याफ्रुवेशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ठ नभएका कारण काँग्रेसको पहलमा राजमार्ग सुधार थालिएको हो ।

गत ४ दिन देखि शुरू भएको राजमार्ग सुधारको कार्य अन्तरगत भार्खु पुछारको तातोपानि भीरमा पहिरोले पुरेको उकालो सतह लाई होचो वनाउनुको साथै बढि मात्रामा सवारी चालकले असहज मानेको धुञ्चे तलको त्रिशुली नदि देखि छोकलसम्मको करिव ५ किलोमिटर भूभागका राजमार्गको अधिकांस ठाउँमा सतह मिलाउनुको साथै ग्राविल समेत राख्ने काम गरिएको र अन्य ठाउँको सुधारका लागि अझै केही दिन लाग्ने पार्टी सभापति पेम्वा छिरिङ तामाङले जानकारी दिए।
नेपाल चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने एक मात्र अन्तर्राष्ट्रिय राजमार्ग सुधारका लागि संसद मोहन आचार्यको स्काभेटर र मेशिन सञ्चालनका लागि आमाछोदिङ्मो गाउँपालिकाले डिजेल उपलब्ध गराएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?