सफट टेनिसको खेल शुरु

बुटवल । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीको बुटवलमा सफट टेनिस खेल शुरु भएको छ । 

देविनगरस्थित टेनिस कम्प्लेक्समा भएको उद्घाटन खेलमा पुरुष एकलतर्फ प्रदेश नं. ५ का अभिषेक अमन झाले गण्डकी प्रदेशका सुरज नगरक‍ोटीलाई ४–० को सोझो सेटमा पराजित गरेका छन् ।पुरुष एकलतर्फका विहिबार भएका खेलमा प्रदेश नं. १ का अभिषेक कार्कीले प्रदेश नं. १ कै आभाष बुढाथोकीमाथि टाईबेकरमा ७–२ को जित निकालेका छन् ।  

यसैगरि प्रदेश नं. १ का युकेश योन्जनले गण्डकी प्रदेशका राजकुमार थापालाई ४–१, नेपाल पुलिसका सुबोध अधिकारीले प्रदेश नं. ५ का शुभम खनाललाई ४–०, प्रदेश नं. ३ का शक्ति शर्माले प्रदेश नं. ७ का बिनोद शिरिषलाई ४–२, एपीएफका कुमार गिरीले प्रदेश नं. ३ का वृजेश पाण्डेलाई ४–०, गण्डकी प्रदेशका सुजन गुरुङले सुदुरपश्चिमाञ्चलका निरज थापालाई ४–१ र सुदुरपश्चिमाञ्चलका दिलिप गुप्ताले गण्डकी प्रदेशका आशिष खड्कालाई टाईबेकरमा ९–७, प्रदेश नं १ का आशिष बोहराले नेपाल पुलिसका बिनोद योगीलाई ४–२ को सेटमा पराजित गरे ।  

यता एपीएफका उज्वल स्थापितले सुदुरपश्चिमाञ्चलका दिपक झालाई ४–२, नेपाल पुलिसका नौ बहादुर लुगेलीले एपीएफका सुमन लामालाई ४–०, नेपाल पुलिसका हरि बहादुर बस्नेतले एपीएफका निश्चल कायस्थलाई ४–२, प्रदेश नं. ५ का सुरज चौधरीले प्रदेश नं. ५ कै योगेश भण्डारीलाई ४–१, प्रदेश नं. १ का रनिश तामाङले प्रदेश नं. ३ का धर्म बहादुर घलेलाई ४–० र प्रदेश नं. ३ का प्रदिप खत्रीले एपीएफका राजेन्द्र श्रेष्ठलाई ४–० तथा सुदुरपश्चिमाञ्चलका रमेश पाण्डेले गण्डकी प्रदेशका विष्णु नेपालीलाई ४–१ ले जित निकालेका छन् । 

त्यस्तै महिला एकलमा सुदुरपश्चिमाञ्चलका भावना पनेरुले प्रदेश नं. ७ का अश्मी धामीले ४–०, प्रदेश नं. १ का श्रीया योन्जनले गण्डकी प्रदशेका बिनिता जिसीलाई ४–०, नेपाल पुलिसका विश्ना भण्डारीले एपीएफका रोशिका पोखरेललाई ४–२, सुदुरपश्चिमाञ्चलका शिसम चन्दले एपीएफका कृतिका गिरीलाई ४–० तथा प्रदेश नं. १ का जर्जीया चौधरीले गण्डकी प्रदेशका स्वीकृति उदासलाई ४–१ को सेटमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

प्रतियोगितामा प्रदेश १, २, ३, ५, गण्डकी र सुदुरपश्चिमाञ्चल गरि ट प्रदेशसहित विभागिय टिमहरु शशस्त्र प्रहरी बल र नेपाल प्रहरीका खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् । 

प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?