बुद्ध एयरले भारतको गुवाहटीबाट नियमित उडान गर्ने

काठमाडौं । वायु सेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान विस्तार गरेको छ ।

बुद्ध एयरले आगामी साउन १८ गते भारतको गुवाहटीबाट नियमित उडान गर्ने भएको हो। 

बुद्ध एयरले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया शुरू गरिसकेको जानकारी गराएको छ ।

बुद्धले काठमाडौं–गुवाहटी साताको दुई दिन (मंगलवार र शनिवार) उडान भर्नेछ । 

७२ सिट भएको बुद्धको एटिआर विमानबाट हरेक मंगलवार र शनिवार बिहानको ७ बजे उडान भर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्धले हाल हप्तामा २ वटा उडान काठमाडौं र बनारस गर्दै आएको छ भने आगामी जेठ १३ गतेदेखि हप्तामा तीनदिन काठमाडौं – कोलकत्ता उडान भर्ने योजना बुद्ध एयरले सार्वजनिक गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?