वैशाख ६ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ साल वैशाख ६ गतेका देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. प्रधानमन्त्री भियतनाम र कम्बोडियाको भ्रमणमा जाने :  प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् ।  भियतनाममा यही वैशाख पूर्णिका दिन आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रुपमा आमन्त्रण गरिएको हो । यसपालि जेठ ४ गते बुद्धजयन्ती परेको छ ।

 

2. आर्मीले जित्यो थप पाँच स्वर्ण, चन्द्रकलाले बनाइन नयाँ राष्ट्रिय कीर्तिमान :  आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा आज ‘शुक्रवार’ विभागिय क्लब त्रिभुवन आर्मी क्लबले थप ५ स्वर्ण पदक जितेको छ । बेलझुण्डीस्थित एथलेटिक्सको ट्रयाक एन्ड फिल्डमा पुलिस क्लबले एक स्वर्ण जित्दा बाँकी ५ स्वर्ण पदक आर्मीले आफ्नो पक्षमा पा(यो । 

 

 

3. राप्रपाका डेढ दर्जन नेता तथा कार्यकर्ता रत्नपार्कबाट पक्राउ : धर्मनिरपेक्षताको विरोधमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका डेढ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष कमल थापाको नेतृत्वमा काठमाडौं उपत्यकाको रत्नपार्कमा धर्मनिरपेक्षता ब्यानर र पोष्टर जलाउने क्रममा प्रहरीले राप्रपाका डेढ दर्जन नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

 

4. बजेट अभावले थला पर्दै महाकाली सिँचाइ :  कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले रोकिने छ ।भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि १५ महीनाअघि थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा प्याकेजमा सम्झौता भएको थियो । 

 

5. सर्वोच्च अदालतले भन्यो, ‘पब्जीमाथि लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्नुस्’ :  सर्वोच्च अदालतले पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । शुक्रवारर न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

 

6. विप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ
विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीवार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

 

 

7. शरणार्थीका लागि विभिन्न कार्यक्रम :  पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे ६ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।  झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका शरणार्थीको नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चाायुक्तको कार्यालयले आंशिक रुपमा स्वदेश फिर्ती, तेस्रो मुलुक पुनार्वास र परिचयपत्रका लागि छानबिन प्रक्रिया थालनी गरेको हो । 

 

8. स्याउ जत्रो आकारको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी
जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।

 

9. वीरगञ्जमा जलाउन लैजाँदै गरेको महिलाको शव प्रहरीद्वारा नियन्त्रण :  प्रहरीले जलाउन लैजाँदै गरेको एक महिलाको शव नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ वर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो । 

 

10. टोयोटा र सफ्ट बैंकले उबेरमा लगानी गर्ने घोषणा :  जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रवार घोषणा गरेका छन् । टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ । 

 

11. राप्रपाले आज धर्मनिरपेक्षता सम्बन्धी ब्यानर र पोष्टर जलाउने :  राष्ट्रिय जनता पार्टी ९राप्रपा०ले आज ९शुक्रवार० धर्मनिरपेक्षता सम्बन्धी ब्यानर र पोष्टर जलाउने भएको छ । सनातन हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा रहेको राप्रपाले काठमाडौंमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा धर्मनिरपेक्षता सम्बन्धी ब्यारन र पोष्टर जनाउने भएको हो । 

 

12. आफ्नै बिहेको दिन भलिबल खेल्न गएका भलिबल कोच मनवीर छन्त्याल, ‘नोस्टाल्जिक’ हुँदै भन्छन्, बुबाको किरिया खर्चसमेत भलिबलमै सकें :  करिब ५ दशक अघि बागलुङमा जन्मिएको केटोलाई खेलभन्दा प्यारो केही थिएन । बुबा भन्थे ‘पढ्’, ती फुच्चे भलिबल खेल्थे । आमा भैंसी चराउन जा भन्थिन्, उनी फेरि भलिबलै खेल्थे । भलिबल उनलाई खाना भन्दा प्यारो थियो ।

 

13. वाइडबडी विमान बिक्रीमा संलग्न पाँच अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई बोलाएको छ ।  नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज ९वाइडबडी० बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको हो ।

 

14. विप्लव समूहका पूर्व नवलपरासी जिल्ला सदस्य रेग्मी पक्राउ :  प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट जिल्ला सदस्या पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट विप्लव समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

 

15. कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाटसम्म जलयात्रा :  कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ ।नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो ।

 

16. बुद्ध एयरले भारतको गुवाहटीबाट नियमित उडान गर्ने :  वायु सेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान विस्तार गरेको छ ।बुद्ध एयरले आगामी साउन १८ गते भारतको गुवाहटीबाट नियमित उडान गर्ने भएको हो। 

 

17. नेपालमा उत्पादन प्रवद्र्धन गर्न ताइवानी उत्साहित :  ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंंको दरबारमार्गस्थित याक एण्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग हालै प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका छन् । 

 

18. पाकिस्तान मन्त्रिपरिषदमा फेरबदल :  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले  पहिलोपटक मन्त्रिपरिषद्मा व्यापक फेरबदल गरेका छन् । प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?