नेपाल बारका पदाधिकारीले गरे पदभार ग्रहण

काठमाडौँ– कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसन निर्वाचन २५औँ नयाँ कार्यसमितिको पदाधिकारीले आज औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
     
बारको गत चैत १६ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित नवनिर्वाचित नयाँ कार्यसमितिलाई बार निर्वाचन समितिका निर्वाचत अधिकृत दामोदर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
    
बारका निर्वतमान अध्यक्ष शेरबहादुर केसीले वर्तमान पदाधिकारीलाई माइनोट हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
नयाँ केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?