नख्खु बमकाण्डका आरोपी भुजेल फेरि समातिए

काठमाडौँ – नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेललाई रिहा गर्न  सर्वोच्च अदालतले आदेश दिएपनि फेरि पक्राउ परेका छन् । उनलाई अदालतको आदेशमा रिहा गरिएलगत्तै पुनः महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई के अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे चाहिँ खुलाइएको छैन ।
 न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको थियो ।

नेत्रविक्रम चन्द विप्लव  समूहका नेता भूजेललाई महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?