झुण्डिन नमिल्ने हिरासतमा कसरी गरे किशोरले आत्महत्या ?

झापा– इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् ।
मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको घटना सार्वजनिक भएपछि मानवअधिकार सम्बद्ध निकायका प्रतिनिधि सम्मिलित टोली घटनास्थल अवलोकनका लागि पुगेको थियो ।
टोलीका अनुसार किशोर झुण्डिएका भनिएको हिरासतको शौचालयमा झुण्डिन सक्ने सम्भावना नै देखिँदैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?