अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं– नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ ।
नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ ।
नासाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा निर्मित भूउपग्रह अमेरिकाको भर्जिनियाबाट बिहीबार राती २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?