मोरङमा महिलाको विभत्स अवस्थामा शव फेला, बलात्कारपछि हत्या भएको प्रहरीको आशंका

मोरङ । मोरङको पथरी शनिश्चरेमा एक महिलाको विभत्स अवस्थामा शव फेला परेको छ । 

शनिश्चरे नगरपालिका १ मा २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा फेला परेको हो । उनले पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । 

शसत्रलवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना भएको  थियो । सो कार्यक्रममा छोरासहित पुगेकी बस्नेत राति घर फर्किइकी थिइन् । शनिवार बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

उता जिल्ला प्रहरी कार्यालय मोरङले महिलाले राति मदिरा सेवन गरेको देखिएको बताए । 

मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको जनाए ।

उनले भने, ‘राति मदिरा सेवन गरी छोरासँग कोठामा आएको देखिन्छ, डेरा अगाडि शव भेटिएको हो, प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म तरीकाले अनुसन्धान थालेको उनले बताए । 

रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । 

रिनाको टाउकोमा गहिरो चोट देखिएका छ ।

रिनाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?