पाकिस्तानी विदेशमन्त्रीको जापान भ्रमण

एजेन्सी । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले आइतवारदेखि जापानको चार दिने भ्रमण गर्ने भएका छन् । 

रेडियो पाकिस्तानका अनुसार भ्रमणका क्रममा मन्त्री कुरेसीले जापानी समकक्षीसहित उच्च पदस्थ जापानी अधिकारीहरुसँग भेटवार्ता गर्ने छन् । 

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुहमद फैजलले एक विज्ञप्ति जारी गरी दुबै मुलुकबीच रहिआएको सम्बन्धलाई थप सुदृढ गर्न तथा सहयोगका नयाँ क्षेत्रहरु पहिल्याउन भ्रमण निकै महत्वपूर्ण हुने बताएका छन् । 

भारत नियन्त्रित काश्मिरको पुलवामा गत फेब्रुअरीमा आत्मघाती आक्रमण भएपछि उत्पन्न भारत पाकिस्तान तनाबका कारण पाकिस्तानी विदेशमन्त्रीको पूर्व निर्धारित जापान भ्रमण स्थगित हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?