राजपा पदाधिकारीको बैठक बबरमहलमा जारी, महाधिवेशनबारे छलफल हुँदै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक पार्टी मुख्यालय बबरमहलमा जारी छ । 

महाधिवेशनको विषयमा छलफल गर्न राजपाले पदाधिकारीको बैठक बोलाएको हो । बैठक आइतवार दिउँसो १ बजेबाट पार्टी कार्यालय बबरमहलमा जारी छ । 

राजपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न तयारी नपुगेकाले तोकिएको समयमा महाधिवेशन हुन नसकेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

यस्तै, राजपा प्रवेश गरेको राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्षसहितको समूहले तयारीका लागि समय माग गरेकाले महाधिवेशन पछि सार्न बाध्य भएको नेता यादवको भनाइ छ । 

भोलि (सोमवार)सम्म चल्ने पदाधिकारी बैठकले राष्ट्रिय राजनीतिको समग्रतामा विश्लेषण गरी राजपाले खेल्नुपर्ने भूमिकाको विषयमा साझा धारणा तय गर्ने यादवले बताए ।

राजपा नेपालले हिजो (शनिवार) तेस्रो वार्षिकत्सव मनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?