धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउँछौं : विकासमन्त्री राई

काठमाडौं । संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बताएका छन् । 

सोमवार नेपाल ख्रिस्टीयन महासंघले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

‘सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता छ । तर, धर्मका नाममा राजनीति गर्न पाइँदैन’ उनले भने, ‘धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?