२५ वर्षे लामो गृहयुद्धबाट ब्यूतेको श्रीलंकामा बम विस्फोट : मृतकको संख्या २ सय ९० पुग्यो

काठमाडौं । श्रीलंकामा आइतवार भएको श्रंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । 

इस्लाम धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला तीन चर्च र तीन होटलहरुमा श्रृंखलाबद्ध बम विस्फोट भएको थियो । 

उक्त बम विस्फोटमा विदेशी नागरिकसहित २ सय ९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमवार बिहानबाट हटाइएको छ भने सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध भने कायमै छ । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जनाइएको छ । 

पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । 

बीबीसीका अनुसार पक्राउ परेका उनीहरुको सम्पर्क अन्तर्राष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको जनाएको छ । 

यद्यपि आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन । 

श्रीलंकामा १० वर्षअघि सकिएको गृहयुद्धपछि भएको यो सबैभन्दा ठूलो बम विस्फोट हो । 

सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध भएको थियो । 

आक्रमणको विश्वव्यापी रुपमा आलोचना भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?