तारा एयरको विमान दुर्घटना हुनबाट बच्यो

रामेछाप । रामेछाप विमानस्थलमा तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । 

सोमबार बिहान लुक्लाबाट रामेछाप आएको तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । 

दुर्घटनामा मानवीय क्षति भएको छैन । 

दुर्घटनापछि रनवे बन्द गरिएको छ ।

धावनमार्गबाट चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था नरकेको रामेछाप विमानस्थलले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?