सत्तारुढ नेकपाले पार्टी स्थापना दिवस मनाउँदै, एकता प्रक्रिया टुंगिएको घोषणा गरिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज (सोमवार) पार्टी स्थापना दिवस मनाउने भएको छ । 

नेकपा स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आज वैशाख ९ गते (अप्रिल २२)मा नेकपाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो । 

सोमवार दिउँसो १ बजे कमलादीमा नेकपाले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । 

पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतिदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक हुन् भने पुष्पलाल श्रेष्ठ नेकपाका संस्थापक महासचिव हुन् ।

कार्यक्रमबाट नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको नेकपाको एक नेताले जानकारी दिए । 

२०७५ जेठ ३ गते तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा आज हुन लागेको हो । 

त्यस्तै आइतवार साँझ बसेको सचिवालयको बैठकले ७७ वटै जिल्ला अध्यक्ष तथा सचिवको समेत टुंगो लगाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?