पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले यो सिजनको फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

आइतवार राति सम्पन्न भएको खेलमा पीएसजीले मोनाकोलाई ३-१ गोल अन्तरले पराजित गरेसँगै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । दोस्रो स्थानमा रहेको लिलीले टौलाउससँग गोलरहित बराबरी खेल खेलेसँगै पीएसजीले लिगको उपाधि जितेको हो ।

पीएसजीका लागि केलियन एमबाप्पे नायक साबित भए । एमबाप्पेले खेलको १५ औँ मिेनटमा पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै उनले खेलको ३८ औँ र ५५ औँ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पुरा गरे । 

साथै एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन् । लामो समयदेखि मैदान बाहिर रहेका नेयमार मोनाकोविरुद्धको खेल भने उपस्थित थिए । जनवरीमा चोटको शल्यक्रिया गरेका नेयमार पहिलो पटक मैदान उत्रिएका थिए । 

पीएसजीले पछिल्लो ७ सिजनमा छैटौं पटक लिगको उपाधि जितेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?