वैशाखभित्र माथिल्लो तामाकोसीमा पेनस्टक पाइप जडान हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पनेस्टक पाइप जडान शुरु गर्ने भएको छ । 

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको यो जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा यहि वैशाख २२ गतेभित्रमा पेनस्टक पाइप जडान शुरु गर्न लागेको हो । त्यस्तै माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान शुरु पनि गरिने छ । 

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३ सय ७२ मिटर पेनस्टक पाइप जडान गर्न लागिएको हो । त्यस्तै तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्ने तयारी गरिरेहेको छ ।

माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइप जडान भइसकेका छन् । अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान शुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोलाई दिइएको थियो । तर, ती कम्पनीले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ‘लट ३’ को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । 

गत पुष २३ गते अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?