फलामे ढोका फोड्यौ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टी एकताको फलामे ढोका फोडेको बताएका छन् । 

नेकपाले सोमवार कमलादीमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

एकताको मुख्य गाँठो जिल्लाको नेतृत्व चयनमै भएको उनले बताए । 

‘हामीले फलामे ढोका फोडेका छौँ, गाँठो त्यहीँ परेको थियो, मुख्य गाँठो फुक्यो, अब अरु सजिलै फुक्छ’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?