स्कटल्याण्डका मुन्सेले गरे सोब्बरको कीर्तिमानसँग बराबरी, एकै ओभरमा ६ छक्का

एजेन्सी । स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले सोब्बरको कीर्तिमानसँग बराबरी गरेका छन् । 

उनले एकै ओभरमा ६ छक्का प्रहार गर्दै वेष्ट इण्डिजका पुर्व महान खेलाडी सर गार्फिल्ड सोब्बरको कीर्तिमानसँग बराबरी गरेका हुन् । ग्लूस्टरसायरबाट खेल खेलेका उनले बाथविरुद्धको मैत्रीपुर्ण क्रिकेट खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । 

मुन्सेले हालसम्म स्कटल्याण्डबाट १६ एकदिवसीय र २६ टी–ट्वान्टी क्रिकेट खेल खेलिसकेका छन् ।

२६ वर्षे युवा क्रिकेटटर मुन्सेले बाथविरुद्ध २० छक्काको मद्दतले ३९ बलमा १ सय ४७ रन बनाएका थिए । उनले २५ बलमा नै शतक पुरा गरेका थिए ।

यो खेलमा ग्लूस्टरसायरले १ सय १२ रनले विजयी भएको थियो ।  ओपनर ब्याट्सम्यान गर्ज विलोसले ५४ बलमा शतकिय पारी खेलेपछि ग्लूस्टरसायरले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय २६ को योगफल तयार पारेको थियो । 

जवाफी मैदानमा ब्याटिङमा गरेको बाथको पारी ८ विकेटको क्षतीमा मात्र  २ सय १४ रनमा समेटिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?