विप्लव समूहका जिल्ला इञ्चार्ज सौगात र अर्जुन पक्राउ

सुरुङ्गा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

यो सँगै झापामा विप्लव समूहका ६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । यसअघि इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडालाई समेत प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको थियो । 

त्यस्तै सोमवार नै गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे पनि पक्राउ परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?