यसकारण ‘एक्सन हिरो’ विराजले कुटे आफ्नै चलचित्रका निर्माण नियन्त्रकलाई

काठमाडौं । अभिनेता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवम् निर्माणाधीन चलचित्र ‘साङलो’का निर्माण नियन्त्रक शंकर पाण्डेमाथि कुटपिट गरेका छन् ।

चलचित्र ‘साङ्लो’को निर्माणको विषयलाई लिएर सोमबार साँझ अभिनेता भट्टले पाण्डेमाथि हातपात गरेका हुन् । चलचित्रको निमार्ण विषयमा छलफल गर्न भेट भएको वेला दुईबीच कुटाकुट भएको थियो ।

अभिनेता विराज भट्टको निमार्ण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘साङलो’ का निर्माण नियन्त्रक शंकर पाण्डेले विविध कारणले गर्दा चलचित्र छोड्ने निर्णय लिएका थिए । पाण्डेले चलचित्र छोड्ने भएपछि विराजले आफूबाट लिएको एड्भान्स फिर्ता गर्न भनेका थिए । तर, पाण्डेले एडभान्स फिर्ता नगर्ने भएपछि उनीहरुबीच विवाद चुलियो र अभिनेता भट्टले पाण्डेमाथि कुटपिट गर्न शुरु गरेका थिए ।

भट्टले कुट्न शुरु गरेपछि पाण्डेले पनि उनीमाथि हात हालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?