सैनिक विद्यालयले बर्खास्त गर्यो प्रधानाध्यापकसहित ३ जना, यस्तो छ कारण

नेपाली सेनाको बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरिएको छ । 

नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा प्रधानाध्यापकसहित ३ जनालाई पदमुक्त गरिएको  हो ।

२०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्म र भावना विपरीत पदीय मर्यादा र आचरणसमेतलाई ख्याल नगरी प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग लगायतको काम गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?