केसी दाजुभाइले बाँडे बारा आँधी प्रभावितलाई राहत

काठमाडौं–यशोदादेवी भगवाननरशिह केसी मेमोरियल ट्रस्टको समन्वयमा आँधी प्रभावित बारा जिल्लामा फेटा गाउँपालिका वडा नम्बर एकको भलोली र भलोरिया बस्तीका चार सय घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ ।
 संस्थाका सल्लाहकार तथा नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री  अर्जुननरसिंह केसी, ट्रष्टका अध्यक्ष डा केदार नरसिंह केसी, नेका नुवाकोट सभापति तथा ट्रष्ष्टका महासचिव जगदिश्वरनरसिंह केसीलगायतको उपस्थितिमा  दाल, चामल लगायतका खाद्यान्न वितरण गरिएको हो ।


यस्तै बिपि स्मृति अस्पताल बसुन्धाराको सहयोगमा  प्रारम्भिक स्वास्थ्य सामाग्री र औषधि  समेत बितरण गरिएको स्थानीय बासिन्दा एबम विद्यार्थी नेता राजेश रौनियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?