म्यानमारको बहुमूल्य ढुंगा खानीमा पहिरो, ५४ जनाको मृत्यु

एजेन्सी । म्यानमारको बहुमूल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको छ । 

म्यानमारको कचिन राज्यस्थित वे नागर कोए काउङ र म्यानमार थुरा जेम्स् कम्पनीमा बहुमूल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको हो । 

पहिरोका कारण एक विशाल ताल बनेको र शवहरु निकाल्न समस्या परेको प्रहरीको भनाइ छ । 

हिलो माटोमा पुरिएकाको पनि बाँच्ने सम्भावना समेत न्यून रहेको स्थानीयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

यद्यपि, पहिरो गएको ठाउँमा उद्धार कार्य जारी छ ।

म्यानमारमा हरेक वर्ष विभिन्न ढुंगा खानीमा पहिरो जाँदा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्  । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?