भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प

एजेन्सी । भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ। 

भारतीय सञ्चार माध्यमहरुका अनुसार आज ‘बुधवार’ बिहान १ बजेर ४५ मिनेट जाँदा ६ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १ सय ८० किलोमिर दक्षिणपश्चिममा रहेको जनाइएको छ ।  

उक्त भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो। भूकम्पको क्षतिबारे विवरण भने अहिलेसम्म आएको छैन ।  

बुधवार बिहान नै नेपालमा पनि भूकम्प गएको थियो। धादिङ केन्दैबिन्दु भएर ५ दशलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?