जबरजस्ती करणी गरेको अभियोगमा मिया पक्राउ

सप्तरी । सप्तरीमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुषलाई प्रहरी पक्राउ गरेको छ । 

खड्क नगरपालिका १० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो । 

सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको कम्पाउण्डभित्र कोही नभएको अवस्थामा गत वैशाख ६ गते मियाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?