काठमाडौंमा तेस्रो पटक भूकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौंमा फेरी भूकम्पको धक्का महशुस भएको छ । योसँगै काठमाडौंमा तेस्रो पटक भूकम्पको धक्का महशुस गरिएको हो । 

धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । 

केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो । 

त्यस्तै बुधवार बिहान पनि भूकम्पको धक्का महशुस गरिएको थियो ।

बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?