प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । प्रदेशसभा २ को बैठक स्थगित भएको छ । 

आज (बुधवार) बस्ने भनिएको प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्मका लागि स्थगित गरिएको हो । 

प्रदेशसभाका सचिव रञ्जित यादवका अनुसार सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अधिवेशन र प्रतिपक्षी कांग्रेसको जागरण अभियान भएकाले बैठक सार्न आग्रह गरे बमोजिम बुधवारको बैठक स्थगित गरिएको जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?