सामाजिक सञ्जाल ट्वीटरको शेयर मूल्य १७ प्रतिशतले वृद्धि

एजेन्सी । ट्वीटरको शेयर मूल्य १७ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ । 

आम्दानी र प्रयोगकर्ताहरुको संख्या बढेसँगै ट्वीटरको शेयर मूल्यमा वृद्धि भएको हो ।  गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ट्वीटरको आम्दानी १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख डलर पुगेको हो । 

त्यस्तै ट्वीटरको दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ११ प्रतिशतले बढेर १३ करोड ४० लाख समेत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ । ट्वीटरले पछिल्लो समयमा अनलाइन दुरुपयोग रोक्ने तरिकामा सुधार गर्ने वाचा गरेसँगै यसको प्रयोकर्ताहरुको संख्या ह्वात्तै बढेको हो । 

यसअघि ट्वीटरको नाफा ७७ करोड ६१ लाख डलर पुग्ने विश्लेषकहरूले अनुमान गरेका थिए । कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा सक्रिय मासिक प्रयोगकर्ता ३३ करोड पुगेका छन् । यो संख्या ३१ करोड ८० लाख पुग्ने अनुमान थियो ।

गत वर्ष ट्वीटरका मासिक प्रयोगकर्ताको संख्या ३३ करोड ६० लाखबाट घटेर ३२ करोड १० लाखमा झरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?