‘कठपुतली’को पहिलो पोष्टर सार्वजनिक

काठमाडौं । नेपालि चलचित्र ‘कठपुतली’को पहिलो पोष्टर सार्वजनिक भएको छ । 

बुधवार सार्वजनिक भएको चलचित्रको पहिलो पोष्टरले चलचित्रको थिमलाई प्रष्टाएको छ । 

हरर जनरमा निर्माण भएको चलचित्रमा राजाको दरबार भित्र हुने त्रियाकलापलाई काल्पनिक रुपमा यो प्रस्तुत गरिएको छ ।

देशमा प्रजाले परिश्रम गर्नुपर्ने तर शासकहरु भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै हुने बलात्कार र हत्याको घटनाबाट आजित महिलाहरुले लिने बदलाको कथा नै ‘कठपुतली’ रहेको लेखक सम्पदा मल्लले बताइन् । 

चलचित्र हरर भएता पनि पूर्णतया मौलिक झल्किएको मल्लको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?