दुई नेता हिरासतमा रहेकै बेला फेरि किर्ते उपभोक्ता समिति

राजविराज — नागरिकता र छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा दुई नेता हिरासतमा रहेकै बेला छिन्नमस्ता गाउँपालिका–५ को सडक ग्राभेल योजनामा किर्ते उपभोक्ता समिति बनाइएको खुलेको छ ।

यो प्रकरणमा पनि पूर्वसांसद तथा राजपा केन्द्रीय सदस्य बीपी यादवको संलग्नता रहेको स्रोतको दाबी छ । यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल हिरासतमा छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २५ लाख रुपैयाँको योजनामा किर्ते समिति बनाएको आरोप लागेका उनीहरूमाथि सोमबार सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किर्ते समिति फेला परेको पछिल्लो योजना १५ लाख रुपैयाँको हो । जुन प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । उक्त समिति छिन्नमस्ता–५ का वडाध्यक्ष रामानन्द पण्डित अध्यक्षताको बैठकले गठन गरेको पूर्वाधार विकास कार्यालयमा रहेको योजनाकोफाइलमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?