कर्मचारीका गुनासा सुनुवाइ गर्दै सामान्य प्रशासन मन्त्रालय

काठमाडौं  ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएसँगै आएका गुनासा सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ १३ हजार कर्मचारीका गुनासा आएका छन् ।

मन्त्रालयका सचिव तथा गुनासो सुनवाइ एकाइका संयोजक रूपनारायण भट्टराईले स्वास्थ्यतर्फका गुनासो दर्ताका लागि तीन स्थानबाट आवेदन दिने व्यवस्था गरिएकाले एकै व्यक्तिको नामबाट दोहोरो÷तेहरो निवेदन परेको बताए । हाल डाटा इन्ट्रीको काम भइरहेकाले लगभग ७ हजारको हाराहारीमा गुनासो पुग्ने अनुमान मन्त्रालयको छ ।

स्वास्थ्यबाहेकका अन्य कर्मचारीको हकमा आएको गुनासोको सुनुवाइको क्रम भने अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?