वैशाख १३ मा ७५ वर्षीय टुहुरेको एकल साँझ हुँदै

काठमाडौं। आगामी वैशाख १३ गते ७५ वर्षीय जन गायक जेबि टुहुरेको एकल साङ्गितिक प्रस्तुति ‘जेवि टुहुरेको निरन्तरता २०७६’ आयोजना हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने सो कार्यक्रममा जनयायक टुहुरेले आफ्ना छानिएका १४ वटा गीत गाउनेछन् । सोही कार्यक्रममा जेबि टुहुरे फाउण्डेसनको पनि घोषणा गरिनेछ। फाउण्डेसनले जनवादी गीत संगितको प्रवर्द्धन तथा राष्ट्र सेवा, मानव सेवा र समाज सेवाका क्षेत्रमा काम गर्ने अध्यक्ष निर्भिका टुहुरेले वताइन्।

वि।स।२०२४ सालदेखि साङ्गितिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले करिव १ सय ५० भन्दा वढि गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति वस्छौ दासी भई , सुखको सँधै प्यासी वनेर’ उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको  चर्चित गीत हो ।

कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतको सहभागिता रहने टुहुरेले वताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?