चीनको नौ दिने राजकीय भ्रमणमा राष्ट्रपति भण्डारी, के गर्दै छिन् सान्सीमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि चीन पुगेकी छिन् । बुधवार बिहान ११ बजे नेपाल वायुसेवा निगमको चार्टड विमानबाट राष्ट्रपति भण्डारी सान्सी राज्यको सियान पुगेकी हुन् । 

राष्ट्रपति भण्डारीलाई सान्सी राज्यका उपप्रमुख हु मिनलाङले स्वागत गरेको बेईजिङस्थित  नेपाली राजदुतावासले जनाएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारी भोली (शुक्रवार) प्रदेशस्तरीय नेतृत्वसँगको भेटवार्ता गर्नेछिन् । त्यसपछि उनी बेईजिङ प्रस्थान गर्नेछिन् । 

बेल्ट एण्ड रोड इनिसिएटिभ्स बिआरआइको दोश्रो सम्मेलनमा सहभागी हुन बेईजिङ पुगेकी हुन  राष्ट्रपति भण्डारीले बेइजिङ पुगेकी हुन् । बेइजिङमा रहँदा भण्डारीले चिनियाँ समकक्षी सि जिनपिङसँग भेट गर्नेछिन् । 

द्विपक्षीय वार्ताका क्रममा दुई देशबीच व्यापार तथा पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ लगानी भित्र्याउने विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिसहित सरकारी पक्षबाट ३४ र निजी तर्फका ९ जना सहभागी टोली सियान पुगेका हुन् भने उद्योग वाणिज्य महासंघका थप ३ पदाधिकारी भने बेइजिङ पुगेर भ्रमण टोलीसँग मिसिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?