आठौँ राष्ट्रिय खेलकुद सम्पन्न, एपिएफलाई क्रिकेटको उपाधि

बाँके । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत सम्पन्न भएको छ । 

आगामी २०७७ सालमा गण्डकी प्रदेशलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मा दिदै आठौँ खेलकुद सकिएको हो । त्यस्तै बुधवार सम्पन्न भएको क्रिकेटतर्फको खेल शसस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । 

बाँकेको कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपिएफले उपाधिमाथी कब्जा जमाएको हो । त्यसैगरी महिला विधामा समेत एपिएफले बाजी मारेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले पहिलो पारीमा १ सय १० रन जोड्न सफल भएको थियो । अनुभवी खेलाडीहरुको बर्चश्व रहेको एपिएफमा नयाँ खेलाडीहरुको प्रस्तुती उल्लेखनिय रह्यो । टिमकालागि अनिल शाहाले ४ चौकाको मद्धत्तले सर्वाधिक ३१ रन जोडेका थिए ।

शंकर रानाले २३ रन जोडे । राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद भेषवाकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडेका थिए । बसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपिएफलाई रोक्ने क्रममा नेपाल पुलिस क्लवका ललित नारायण राजवंशीले ३ विकेट लिएका थिए भने सागर ढकालले २ तथा दिपेन्द्र सिंह ऐरी र मंजित श्रेष्ठले समान १-१ विकेट लिए ।

१ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव ७८ रनमै समेटियो । सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोडेपनि अन्य खेलाडीहरु क्रिजमा जम्न सकेनन् । शुुरुवाती ओभरमै धर्मराएको पुलीसलाई कप्तान मंजित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए ।

श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । पुलीसलाई दवावमा राख्ने क्रममा एपिएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपिएफका कप्तान बसन्त रेग्मी र सरद भेषवाकरले समान २-२ विकेट लिएका थिए ।

त्यसैगरी भुवन कार्की र अमरसिंह रौटेलले समान १-१ विकेट लिए ।

आठौँ खेलकुदमा टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खो खो, ह्यान्डबल, सफ्ट टेनिस, आईटीएफ तेक्वान्दो, बक्सिङ, पौडी, क्रिकेट, फुटबल र भलिबल समावेश गरिएको थियो । 

पदक तालिका 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?