निजी विद्यालयमा बढाइएको शुल्क खारेज, विरोधपछि ब्याक भयो महानगरपालिका (भिडियोसहित )

काठमाडौं महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ ।

चौतर्फि आलोचना भएपछि महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले शुल्क बढाउने निर्णय खारेज गरेको हो ।

गत फागुन २६ गतेको‘ विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले गरेको निर्णय खारेज गर्दै महानगरपालिका ब्याक भएको हो । 

संस्थागत विद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउने काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले बताए । 

लोकपथ डटकमले यस विषयमा सम्बद्ध अधिकारीहरुसाग छलफल गरेको थियो । हेर्नुहोस् भिडियो  : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?