आसर्नलको ‘टप फोर’को यात्रामा धक्का

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आर्सनल पराजित भएको छ । 

बुधवार राति सम्पन्न भएको ३५ औँ चरणको खेलमा आर्सनल लिगको सातौं स्थानमा रहेको उल्भ्ससँग ३-१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै आर्सनललाई उत्कृष्ट चारभित्र पर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । 

खेलको २८ औँ मिनेटमा उल्भ्सका लागि नेवेसले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ३७ औँ मिनेटमा मठ डोहर्टीले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको पहिलो हाफ सकिनै लाग्दा डिएगो जोटाले गोल गरे ।

यता आर्सनलका लागि खेलको ८० औँ मिनेटमा पापास्ताथेपोलोसले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल उल्भ्सले ३-१ गोल अन्तरले जित्यो । जितपछि उल्भ्स सातौँ स्थानमा उक्लिएको छ ।

आर्सनल भने ३३ अंक सहित पाँचौ स्थानमा यथावत रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?