प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्र पुनर्निर्माणको काम सकिन्छ’

काठमाडौं । पधानमन्त्री केपी शर्मा ओलीले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम आगामी एक वर्षभित्र पूरा हुने दाबी गरेका छन् । 

महाविनाशकारी भूकम्प गएको आज (बिहीवार) चार वर्ष पूरा भएको । भूकम्प गएको चार वर्ष वितिसक्दा पनि पुनर्निर्माणको काम सन्तोषजनाक नभएको कारण सरकारको आलोचन हुने भइरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो धारणा सार्वजनिक भएको हो । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।’

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?