७२ सालको भूकम्पमा सेनाले उद्धार गरेका बालक सोनिस अवाल यस्ता भए

काठमाडौं । सोनिस अवाललाई वि सं २०७२ सालको महाभूकम्पमा २२ घण्टापछि सकुशल उद्धार गरिएको थियो । ४ महिनाको बालक २२ घण्टासम्म भग्नावशेषमा पुरिदा पनि जीवित हुनुलाई धेरैले चमत्कार भनेका थिए । कतिले उक्त घटनालाई भगवानको लिला पनि भने । 

भूकम्पले भक्तपुरस्थित कमलविनायकमा रहेको अवाल परिवारको छानो खोस्यो । उनीहरु घरवारविहीन भए । त्यसपछिको ४ वर्ष उनीहरु भक्तपुरस्थित देकोचामा एउटा सानो कोठा भाडामा बस्छन् । एकभन्दा बढी कोठा लिनलाई आयस्रोतले धान्दैन । सोनिसका बाबा श्याम अवाल ड्राइभर हुन् त्यस्तै आमा रमिला सामान्य सिलाइबुनाइको काम गर्छिन् ।

सोनिस अहिले स्कुल जान्छन् । उनी स्वस्थ छन् । स्वभावले अलि चञ्चल छन्, थोरै जिद्दी पनि । ५ वर्षीय सोनिसको भविष्यमा आर्मी बन्ने लक्ष्य छ । 

भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि अवाल परिवारले सरकारबाट क्षतिपुर्ति पाएको छैन । यतिका समयसम्म पनि सरकारले भूकम्पपीडितलाई व्यवस्थापन गर्न नसकेकोमा उनीहरुको गुनासो छ । कम्तीमा आफ्नै छानोमा मुन्टो लुकाउन पाइयोस् भन्ने उनीहरुको इच्छा छ । 

सोनिस अहिले कत्रा भए ? अवाल परिवार कसरी एउटा कोठामा जीवन बिताइरहेका छन् बुझ्नलाई लोकपथ टिम पुग्यो अवाल परिवार बस्ने ठाउँमा । भिडियो हेर्नलाई लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?