वर्षाका कारण रोकियो पूर्वी क्षेत्रीय क्रिकेट

काठमाडौं । एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक थाइल्याण्डबीचको खेल रद्द भएको छ ।

नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल भईरहदा चट्याङसहितको वर्षा हुन शुरु भएपछि नतिजाविहीन बनेको हो ।

नेपालले दिएको २ सय ३५ रनको फराकिलो लक्ष्यसहित थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा वर्षा भएपछि खेल रद्द भएको हो ।

थाइल्याण्डले १ ओभर ५ बलमा १ विकेट गुमाएर रन जोड्न सकेको थिएन् । नेपालका प्रसान्त महतले थाइल्याण्डले चावात्रीचाईलाई शून्य रनमा आउट गरेका थिए तर वर्षाका कारण खेल रोकिन पुग्यो । 
खेल नतिजा विहीन बनेसँगै नेपाल र थाइल्याण्डले १ र १ अंक बाडेका छन् ।

थाइल्याण्डसँग अंक बाडेसँगै नेपालले समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।  नेपालले ३ खेलमा ५ अंक जोड्यो । मलेसिया ४ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएको छ । थाइल्याण्डले ३ अंक जोड्दा म्यानमारले अंक जोड्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?