प्रदेश ५ मन्त्रीपरिषद् बैठक : विभिन्न घटनाका पीडित परिवारलाई राहत दिने निणर्य

बुटवल । प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका विभिन्न घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ । 

प्रदेश सरकारले प्रदेश नम्बर ५ अन्तर्गतका जिल्लाहरुमा ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पुस मसान्त सम्म विभिन्न कारणले मृत्यु भएका व्यक्तिहरुलाई राहत दिने निर्णय गरेको हो ।

प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा आगलागी, चट्याङ्ग, बाढीपहिरोलगायतका घटनामा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाका दरले राहत दिने निणर्य गरेको सरकारका प्रवक्ता भैतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?