सर्वोच्च अदालतको आदेश, ‘एनसेलसँग तत्काल कर नउठाउनुस्’

काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग तत्काल कर नउठाउन आदेश दिएको छ । 

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो

दुवै पक्षलाई सर्वोच्चले वैशाख २४ गते छलफलका लागि बोलाएको छ ।

सर्वोच्चको यो आदेशपछि एनसेल लाभकर विवाद अझै केही समय लम्बिएको छ । 

ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेल सोमवार सर्वोच्च अदालतमा निवेदन दिएको थियो । 

उता एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउनुपर्ने दाबी गरेको थियो । 

ठूला करदाता कार्यालयले भने एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो ।

  1. कर निर्धारणमा चित्त नबुझेपछि एनसेल दियो सर्वोच्च अदालतमा निवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?