शेयर बजारमा दोहोरो अङ्कले वृद्धि

काठमाडौं । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज ‘बिहीवार’ पनि दोहोरो अङ्कको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलब ८३ विन्दुले बढेर एक हजार २९२ दशमलब १२ विन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब ७३ विन्दुले बढेर २७९ दशमलब ६७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १ सय ७६ कम्पनीका ४५ लाख १९ हजार ५ सय ८२ कित्ता शेयर एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २ सय २१ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूहका शेयरमा वृद्धि भएको छ । बैंकिङ १० दशमलब ०९, होटल २१ दशमलब ५, विकास बैंक ४५ दशमलब २९, जलविद्युत् ५ दशमलब २४, वित्त ० दशमलब ८८, निर्जीवन बीमा ७४ दशमलब ८४, उत्पादन २२ दशमलब ९, अन्य ६, लघुवित्त १० दशमलब ३९ र जीवन बीमा ८९ दशमलब ९१ विन्दुले बढेको छ । 

स्टकका अनुसार आज ‘बिहीवार’ कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको मात्रै प्रतिकित्ता ३ सय १५ मा१८ करोड ४१ लाख ६४ हजार ९ सय १७ बराबरको कारोवार भए ।

त्यस्तै एनसिसी बैंक सात करोड ३० लाख ३४ हजार ८ सय ९८, प्रभु बैंक सात करोड २६ लाख ७४ हजार ६ सय ९७, छिमेक लघुवित्त विकास बैंक ६ करोड ६० लाख २५ हजार ८ सय ९८, कृषि विकास बैंक पाँच करोड ४३ लाख ६८ हजार ४ सय ५४ मूल्य बराबरको खरीद बिक्री भई शीर्ष स्थानमा रहे । 

एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९ दशमलब ८४ प्रतिशतले कमाएका स्टकले जनाएको छ । कृषि विकास बैंक ९ दशमलब ६०, मिर्मिरे लघुवित्त वित्तीय संस्था ७ दशमलब ७२, यूनाइटेड इन्स्योरेन्स ७ दशमलब ५९, राधी विद्युत् कम्पनी ७ दशमलब १४, नबिल इक्विटी फण्डका लगानीकर्ताले ६ दशमलब ८८ प्रतिशतले कमाए । 

त्यस्तै तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ९ दशमलब ३० प्रतिशतले गुमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ६ दशमलब ३८, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३ दशमलब ९०, मिथिला लघुवित्त वित्तीय संस्था २ दशमलब ६६, सिटिजन म्युचअल फण्डका लगानीकर्ताले २ दशमलब ५६ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?