रथीमा पदोन्नती भएका तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– मन्त्रीपरिषद्को वैशाख १० गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी गौरव तण्डुललाई आज रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नती भएका तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको थियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?