यस्ता राशिवालासँग सम्बन्ध राख्दा चम्किन सक्छ भाग्य

मेष राशि

जुन मान्छेको राशि मेष हो उसको लागि मेष, सिंह या धनु राशि हुनेहरुसँगको सम्बन्ध बलियो हुन्छ । यिनीहरूबीचको प्रेम सम्बन्ध उत्तम रहन्छ । मेष राशि हुने व्यक्तिका लागि कुम्भ, तुला या मिथुन राशि हुने साथी सामान्य रहन्छन् । यीनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । वृष, कन्या या मकर राशि हुने मानिसकासँग मेष राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मेष राशि हुने मानिसको लागि वृश्चिक, मीन या कर्कट राशिका साथी उत्तम मानिँदैन । यीनीहरुका बीचको प्रेम सम्बन्ध सफल हुने सम्भावना एकदम कम हुन्छ ।

वृष राशि

वृष राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।

मिथुन राशि

मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।

धनु राशि

धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

कर्कट राशि

जुन मानिसको राशि कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिससँग कर्कट राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मेष, सिंह या धनु राशि हुनेहरु त्यति राम्रो मानिदैन । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।

सिंह राशि

सिंह राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी उत्तम हुन्छ । यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि कुनै व्यक्तिको राशि सिंह हो र उ मिथुन,तुला या कुम्भ राशिका साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ । जनु मानिसको राशि सिंह हो, उसको लागि वृष, कन्या या मकर राशि के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५० हुन्छ । सिंह राशिका लागि कर्कट, वृश्चिक या मीन राशिसंगको जोडी त्यती राम्रो हुँदैन ।

कन्या राशि

जुन मानिसको राशि कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशिका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मेष, सिंह र धनु राशिका मानिसका साथ कन्या राशिका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

तुला राशि

तुला राशिका मानिसका लागि मिथुन तुला या कुम्भ राशिका साथी सबैभन्दा उत्तम मानिन्छन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशि तुला हो र उ मेष, सिंह या धनु राशिका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । तुला राशिका लागि वृष, कन्या या मकर राशिका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

वृश्चिक राशि

जुन मानिसको राशि वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिसका साथ कन्या राशिका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक राशिका मानिसका लागि मेष, सिंह या धनु राशिसँगको मित्रता राम्रो हुँदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुन्छ ।

मकर राशि

जुन मानिसको राशि मकर हो ती मानिसका लाथि वृष, कन्या या मकर राशिका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । मकर राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य रहन्छन् । यिनीहरुको प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या धनु राशि का मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मकर राशिका मानिसक लागि मिथुन, तुला या कुम्भ राशि सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको सफलता पनि एकदमै कम हुन्छ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी उत्तम मानिन्छ । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशि कुम्भ हो भने मेष, सिंह या धनु राशिका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशिका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशिका लागि वृष, कन्या या मकर राशि हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।

मीन राशि

जुन मानिसको राशि मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशिका मानीसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छ । यिनीहरुको प्रेम प्रसंग आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला र कुम्भ राशिका मानिसका साथ मीन राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ । मीन राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?