झडापखालाबाट गुल्मीको सिंगो बस्ती प्रभावित : एकको मृत्यु, १ सय ७० बिरामी

गुल्मी । गुल्मीमा झाडापखलाबाट एक जनाको मृत्यु भएको छ । 

गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटमा झाडापखलाबाट १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो । 

झाडापखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको स्थानीयबासीले जानकारी दिए । 

दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन् ।

आइतवार बिहानसम्म करिब १ सय ७० जना झडापखलाबाट बिरामी परेको स्थानीयले जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?