काठमाडौं । श्रीमानद्वारा जलाइएकी धनुषाकी निर्मला गोइल यादवको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको छ । उनको सोमवार दिउँसो ३ बजे निधन भएको हो ।
धनुषाको शहीदनगर नगरपालिका १, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मलालाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।
गत वैशाख ५ गते दिउँसो घरमा कोही नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाका थिए ।
आगोबाट शरीरको ७० प्रतिशत भागको जलेर निर्मलाको उपचारकाा लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पताल ल्याइएको थियो ।
२०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया