फ्ल्यासब्याक टु बारा पर्सा घटना, कहालीलाग्दो त्यो दिन….

चैत १७, तराई–मधेशको कहालीलाग्दो त्यो दिन। उक्त दिनलाई सम्झदा आङ नै सिरिङ्ग भएर आउँछ । सामान्य दैनिकी बिताउँदै सानो झुपडीमा साँझको खाना खाएर दिनभरिको थकान मेटाउँदै थिएबारा–पर्साका बासिन्दा । तर, उनीहरुले कल्पना समेत गरेका थिएनन् कि यस्तो अत्यास लाग्दो प्राकृतिक विपतको सामना गर्नुपर्छ भनेर । 

चार सेकेडमा नै उनीहरुले वर्षैदेखि ज्यालामजदुरी काम गरेर सजाएको सुन्दर सपना पलभरमै खरानीमा परिणत भयो । त्यति बेला आएको हावाहुरीका कारण कति बालबालिकाले आफूलाई भन्दा धेरै माया गर्ने आभिभावक गुमाए । कतिले आफूलाई जीवनभर साथ दिने श्रीमान–श्रीमती गुमाए । कति घाइते भए । कतिले आफ्नो शरिरको अंगगुमाए ।

चैत १७ गतेलाई फर्केर हेर्दा  

चैत १७ गते (आइतवार) साँझ काठमाडौं उपत्यकासहित देशभर हावाहुरीसहित असिनापानी पर्यो । तर, त्यस दिन आएको आँधीले तराई–मधेशको बारा र पर्सामा भने वितण्डा नै मच्यायो । 
पक्की घरहरुसमेत उडायो । यात्रा गरिरहेका मानिसहरु सडक छेउमा रहेको खेतमा पुर्यायो । ३१ जनाले ज्यान गुमाए । ५ सयभन्दा बढी घाइते भए । 

१८ सय ९५ घरधुरीमा क्षति पुग्यो भने ९ सय ४० घरधुरी पूर्णरुपमा ध्वस्त भयो । जसमा तीवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत परेको छ । साथै ९ सय ५५ घरधुरी आंशिकक्षति पुगेको गृहमन्त्रालय द्वारा विवरणमा उल्लेख छ । 

हजारौँ मानिस घरवारविहीनभए । तराई–मधेशमा आएको यो विनाशकारी हावाहुरीले झण्डै–झण्डै २०७२ वैशाख १२ गते गएको महाभूकम्पको नै याद दियो । बारा र पर्सा जिल्ला तहसनहस नै भयो । विनाशकारी हावाहुरीले बाराको फेटा गाउँपालिका वडा नम्बर १,३, ६ र ७ को भलुही, पुरैनिया र भलवरीयामा सबैभन्दा बढी क्षति भयो । 

हावाहुरी पीडितको गुनासो 

हावाहुरी पीडित स्थानीय ७५ वर्षीया तसलिमा खातुन भन्छिन्, ‘४० वर्षीया छोरी मुस्कीमा खातुन र छोरीकी २० वर्षीया छोरी गुलबसा खातुनको एउटै चिहान भयो । तर, कतैबाट भरपर्दो राहत र क्षतिपूर्ति भने उपलब्ध भएको छैन ।’

त्यस्तै ३५ वर्षीया नुरजाहा खातुन तीन महीनाको दूधेबालकलाई काखमा च्याप्दै आफ्नो पीडा यसरी सुनाइन्, ‘काखे तीन महिने दुधे बालक छ, पटक–पटक दूध खान रोइरहन्छ । तर, राहत नपाउँदा दूधे छोरासँगै पाँचवर्षको छोरालाई पनि बचाउन गाह्रो भएको छ ।’ साथै हावाहुरीले खातुनको घर उडाउँदा ६० वर्षीय ससुरा कमरुल अन्सारी, ४० वर्षीय पति हदिस अन्सारी र ९ वर्षका छोरा घाइते भएका थिए । 

शबनमको विवाहको कुरा चल्दै थियो । खुशीको माहोल थियो । परिवारका सदस्यहरु विवाहको लागि चाहिने सामाग्रीहरु किन मेलमा व्यस्त थिए । विवाहको लागि कपडा र गरगहनाको जोहो पनि गरिसकेको थियो । तर, हावाहुरीले परिवारलाई शोकाकुल बनाएर गयो । यद्यपी उनीहरुले उचित राहत र क्षतिपूर्ति पाएका छैन । 

त्यस्तै बाराको पुरैनियाको अर्को अन्सारी परिवारमा भने बज्रपात नै बज्रियो । यो हावाहुरी उनीहरुको लागि काल बनेर आयो । अन्सार परिवारका सात दिदीबहिनीमध्ये १० वर्षीया रुबी र १८ वर्षीया शबनम खातुनको ज्यान नै गयो । 

शबनमको विवाहको कुरा चल्दै थियो । खुशीको माहोल थियो । परिवारका सदस्यहरु विवाहको लागि चाहिने सामाग्रीहरु किन मेलमा व्यस्त थिए । विवाहको लागि कपडा र गरगहनाको जोहो पनि गरिसकेको थियो । तर, हावाहुरीले परिवारलाई शोकाकुल बनाएर गयो । यद्यपी उनीहरुले उचित राहत र क्षतिपूर्ति पाएका छैन । 

यसैबीच हावाहुरीकै कारण कक्षा चारमा पढ्ने १३ वर्षीय साहेब अन्सारीको पीडा पनि कम छैन । उनका आमा, हजुरआमा र फूपुका दुई छोरीहरुको हावाहुरीमा परी ज्यान गयो । उनका बुबा गम्भीर घाइते भएर । वृद्धा हजुरबुवा अर्धचेत अवस्थामा थिए । साहेब भन्छन्, ‘गाउँमा राहत लिएर धेरै आए तर, भनेको जस्तो राहत पाएनौ ।’

के भन्छन् मौसमविद ?

चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुनको समय हो । तर, चैतमै आएको विनाशकारी हावाहुरीले मौसमविद्हरु नै चकित भए । 

मौसन विज्ञान विभागका मौसमविद मीनकुमार आर्यातका अनुसार स्थानीयवायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरुप लिएको बताउँछन् । ‘स्थनीयवायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भयो । स्थानीयवायुको प्रभाव तल्लो भेगमा आकलन गर्न हाम्रो प्रणालीले सकेन ।’ मौसमविद् अर्याल भन्छन् । 

‘त्यसदिन वायुमण्डलको माथिल्लो र तल्लो तहमा तातो–चिसो हावा एक साथ बहदा विनाशकारी आँधीबेहरी आयो, वायुमण्डलमा तातो हावा माथि जान खोज्ने र चिसो हावा तल जान खोज्ने संघर्षले भूमरी आयो र त्यसमा स्थानीयवायु पनि मिसिँदा बारा र पर्सामा धेरै क्षति भयो’ मौसमविदको प्रारम्भिक अनुमान छ ।

भारतको मौसमपूर्वानुमाननिकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार र पश्चिमबंगाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावाहुरी चल्न सक्ने बताएको थियो । 
मौसमविद् भन्छन्, ‘सो दिन बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको थियो । तर, यसअघि नेपालमा ३० नटभन्दा बढीको वेगले शक्तिशाली आँधी आएको रेकर्ड छैन ।’

‘त्यसदिन वायुमण्डलको माथिल्लो र तल्लो तहमा तातो–चिसो हावा एक साथ बहदा विनाशकारी आँधीबेहरी आयो, वायुमण्डलमा तातो हावा माथि जान खोज्ने र चिसो हावा तल जान खोज्ने संघर्षले भूमरी आयो र त्यसमा स्थानीयवायु पनि मिसिँदा बारा र पर्सामा धेरै क्षति भयो’ मौसमविदको प्रारम्भिक अनुमान छ ।

के भन्छन् प्रमुख जिल्लाअधिकारी ?

हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरणमा समस्या देखिएको बताउछन् बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल । धेरै संघसंस्थाहरु राहत लिएर आएपनि उचित व्यवस्था गर्न नपाउँदा पीडितलाई राहत वितरणमा समस्या देखियो । प्रमुख जिल्ला अधिकारी पौडेल विनाशकारी हावाहुरीले सबैभन्दा बढी फेटा गाउँपालिका वडा नं. १, ३ र ६ मा बढी धनजनको क्षति भयो । 

उता गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद भन्छन्, ‘मापदण्ड पुर्याएर निमार्ण नगरेको पक्की भनिएका घर भत्किदा धेरै धनजनको क्षति भयो । 

कता–कताबाट भयो सहयोगको घोषणा 

बारा र पार्सा जिल्लाको हावाहुरी प्रभावितको लागिप्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । 

मुख्यमन्त्री पौडेलले वैशाख ४ गते सो रकम हस्तान्तरण गरेका हुन् । हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा अनुसार सो रकम प्रदेश २ सरकारलाई हस्तान्तरण गरिएको हो । 

त्यस्तै प्रदेश ५ सरकारले बारा पर्सामा हावाहुरीबाट प्रभावितलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरेको थियो । त्यस्तै हावाहुरी पीडितका लागि प्रदेश १ सरकारले पनि एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । 

यसैबीच राष्ट्रि जनता पार्टी (राजपा) नेपालले पनि बारा र पर्सामा चैत १७ गते गएको हावाहुरी पीडितका लागि पाँचलाख सहयोग गर्ने निर्णय गरेको थियो । राजपाका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले बारा पर्सा पीडितका लागि पार्टीले राहतस्वरुप पाँच लाख उपलब्ध गराउने निर्णय गरेका थिए । 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् भने नेपाली कांग्रेसका संघीय सांसदहरुले पनि हावाहुरी प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका थिए । साथै प्रदेश ५ का सांसदहरुले पनि एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका थिए ।

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा सदस्यहरुको मासिक तलब मध्येबाट एकदिन बराबरको रकमप्रदेश २ का मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सहयोग गर्ने बताएका थिए । 
कर्णाली प्रदेशका कांग्रेस सांसदहरुले पनि ७ दिनको तलब र अन्य सांसदहरुले ४–४ दिनको तलब उपलब्ध गराउने घोषणा गरे ।

साथै प्रदेश २ का सांसदहरुले पनि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रदेश २ का दुई सांसद अशोक यादव र फूलबाबुले एक–एक महिनाको तलब दिने घोषणा गरेका हुन् भने एक सय ५ जना सांसदले एक हप्ताको तलब दिने घोषणा गरेका थिए । 

यसैबीच राष्ट्रि जनता पार्टी (राजपा) नेपालले पनि बारा र पर्सामा चैत १७ गते गएको हावाहुरी पीडितका लागि पाँचलाख सहयोग गर्ने निर्णय गरेको थियो । राजपाका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले बारा पर्सा पीडितका लागि पार्टीले राहतस्वरुप पाँच लाख उपलब्ध गराउने निर्णय गरेका थिए । 

प्रदेश २ सरकारले हावाहुरी पीडितको लागि घर बनाइदिने 

प्रदेश २ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई चार कोठे पक्की घर बनाइदिने निर्णय गरेको छ । 

प्रदेश २ को राजधानी जनकपुरधाममा बसेको प्रदेशसभा बैठकबाट प्रदेश २ सरकारका कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा राहत तथा उद्धार उच्चस्तरीय पाँच समिति समेत गठन गरेको छ । उक्त समितिले बारा र पार्स जिल्लाका हावाहुरी पीडितहरुलाई प्रिफेबरीक घर चार कोठे घर बनाइदिने छ । जसमा तीनवटा कोठा, एउटा भन्सा र शौचालय हुनेछ । 

वैशाख २१ गतेबाट हावाहुरी प्रभावितको घर निर्माण हुँदै 

बारा र पर्सामा हावाहुरीबाट क्षति भएको घर निर्माण वैशाख २१ गतेबाट शुरु हुने भएको छ । 

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री  ईश्वर पोखरेलले वैशाख २१ गतेबाट हावाहुरी प्रभावितको घर निर्माण शुरु गरिने बताएका हुन् । सेनालाई प्रभावित घर निर्माणको जिम्मेवारी दिइएको छ । वैशाख २१ गते बारा रपर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र सरकारले उक्त काममा७ सय ५० जना इन्जिनियर खटिने छ । 

***
विकसित राष्ट्रको कुरा नगरौँ, हाम्रै छिमेकी मुलुक भारतमा पनिप्राकृतिक प्रकोपबारे जानकारी दिने पूर्र्व सूचना दिने यन्त्रको जडान भएको छ । नेपालमा पनि सरकारले अर्बौ रुपैयाँ खर्च गरेर सो यन्त्र जडान गर्ने तयारी वर्षौ अघि देखिको हो । तर, सरकारले पूर्र्व सूचनायन्त्र जडान गर्ने विषयलाई गम्भीरताका साथ नलिएका कारण बारा–पर्सामा विनाशकारी हावाहुरीले जनधनको क्षति गर्यो ।

त्यति नै बेला भारतमा पनि सो आधिहुरी आएको थियो । तर, भारतीय सरकारले आँधीबाट बच्न स्थानीय जनताहरुलाई सचेत गएका कारण यति जनधनको क्षति भएन । त्यसैले नेपालमा पनि यस्ता आँधीहुरीबाट बच्न र बचाउनको लागि सरकारले पूर्व सूचनाको यन्त्र जडान गर्ने तर्फ बेलैमा ध्यानाकर्षण जरुरी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?