अनामनगरबाट चोरी गरी भाग्दै गर्दा राई पक्राउ

काठमाडौं । सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट चोरी गरेर भाग्दै गर्दा एक जना पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा धरान नपा ११ घर स्थायी घर भएका हाल अनामनगर बस्दै आएका  ३२ वर्षीय कृतन राई रहेका छन् । उनलाई मंगलवार दिउँसो ४ः३० बजे नगदसहित पक्राउ गरिएको हो । 

काठमाडौं महानगरपािलका–२९ अनामनगरमास्थित लाल बहादुर राईको घरको पहिलो तलामा रहेको ललितपुर पाटनका स्थायी निशान नाम गरेका खगेन्द्र श्रेष्ठले सञ्चालन गरेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा कोही नभएको समयमा कार्यालयको ढोका फोरेर दराजको सेफभित्र रहेको ६ लाख चोरी झ्यालबाट भाग्दै गर्दा स्थानीयको सहयोगमा महानगरीय वृत सिंहदरबार र महानगरीय प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ । 

राई एक महिना अघिमात्रै चोरीको आरोपमा २ वर्षको कैद सजाय भुक्तान गरेर छुटेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?