श्रीमान् श्रीमती मिलेर बनाए यस्तो साम्राज्य : जुम ब्युटी एकाडेमी विथ मेकअप स्टुडियो

काठमाडौं । कृशप त्वानाबासु र जुनु चक्रधर एक अर्काका लाइफ पार्टनर मात्र नभएर बिज्नेस पार्टनर पनि हुन् । यस पार्टनरसिपले जन्माएको साम्राज्य हो जुम ब्युटी एकाडेमी विथ मेकअप स्टुडियो ।

नेपालमा सौन्दर्य क्षेत्रलाई अन्य क्षेत्रसरह सम्मानित र व्यवस्थित बनाउने उद्देश्यका साथ त्वानाबासु दम्पत्तिले २३ वर्ष अघि यस एकाडेमीको स्थापना गरेका थिए ।  नेपालमा अझैपनि यस क्षेत्रलाई व्यवसायका रुपमा नगन्ने र यस क्षेत्रमा लागेकाहरुलाई उद्यमीका रुपमा नहेरिने भएकाले त्यो सोच बदल्न आफू लागिपरेको उनीहरु बताउँछन् । 

‘त्यसैले हामी पैसा कमाउनमा भन्दा पनि हाम्रो सेवाको गुणस्तरमा बढी ध्यान दिन्छौं,’ कृशप भन्छन्, ‘क्वालिटीको मामिलामा नो कम्प्रमाइज ।’

शिरदेखी पाउसम्मलाई श्रङ्गार्ने जिम्मा लिएको छ जुम एकाडेमीले । २३ वर्षदेखि सौन्दर्य क्षेत्रमा छुट्टै छाप छोडेको यस एकाडेमीमा सौन्दर्यसँग सम्बन्धित सबै सेवासुविधा प्रदान गरिन्छ । साथै सौन्दर्यको विभिन्न स्पेसियलाइज्ड विधाहरुमा प्रशिक्षण दिएर कुशल जनशक्ति पनि उत्पादन गरिन्छ । त्यसैले पनि जुम एकाडेमी ‘बिज्नेस ओरियन्टेड’ मात्र नभएर ‘करियर ओरियन्टेड’ भएको बताउँछन् यसका संस्थापक । 

‘भक्तपुरको एउटा सानो कोठाबाट शुरु गरेको अहिले राजधानीमा ४ वटा शाखा खोल्न सफल भएका छौं,’ जुनु मुस्कुराउँदै थप्छिन्, ‘१५ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ जुमले ।’ 

ब्युटी पार्लर अर्थात् कुनै काम नभएको र पढाइलेखाइमा कमजोर व्यक्तिले रोज्ने व्यवसाय भन्ने आमसोचाइलाई परिवर्तन गरेका छन् यस दम्पत्तिले । सम्मान नै नगरिने क्षेत्रलाई सम्मान दिलाउने र आफै पनि सम्मान कमाउने यो ‘पावर कपल’ को खुसी साँँच्चै नै लोभ लाग्दो छ । त्यही खुसीमा समावेश हुन लोकपथ टिम पुगेको थियो जुममा ।

भिडियो हेर्न लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?